शहिद गङ्गालालको कार्यकारी निर्देशकमा १४ जनाकाे आवेदन


काठमाडौँ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाको उम्मेदवारी परेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार कार्यकारी निर्देशकमा राम परीक्षण यादव, अरुण मास्के, रवीन्द्र भक्त तिमला, शिवजी विक्रम सिलवाल, शिल्पा अर्याल, नवीन चन्द्र गौतम, दीपक राज बरालको उम्मेदवारी परेको हो ।

यस्तै, निर्मल पन्थी, दिक्षा जोशी, पंकजकुमार चौधरी, आशिष गोविन्द अमात्य, चन्द्रमणी अधिकारी, आवाश कार्की र सञ्जय कुमार श्रेष्ठले कार्यकारी निर्देशक पदमा आवेदन दिएका छन्।