काठमाडौं, असार १६ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले म्यानमार (बर्मा) की प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न माग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल (एक्स) मा लेख्दै नेता निधिले बर्माको जेलमा रहेकी सुकीको अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन्।
मंगलबार प्रकाशित एक समाचारलाई उद्धृत गर्दै उनले सुकीका छोरा एरिसले आफ्नी आमा जीवित रहेको ठोस प्रमाण माग गरेको प्रसङ्ग सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
सुकीको रिहाइको माग गर्दै नेता निधिले नेपालको लोकतान्त्रिक आन्दोलनमा सुकीको परिवारले पुर्याएको ऐतिहासिक योगदानको स्मरणसमेत गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बर्माकी नेतृ आङ सान सुकी जेलमा हुनुहुन्छ। आज पत्रिकामा प्रकाशित समाचारअनुसार सुकीका छोरा एरिसले आफ्नी आमा जीवित रहेको ठोस प्रमाण माग गरेका छन्। सुकीका बुबा सत्तामा हुँदा उहाँले नेपालको २००७ सालको क्रान्तिमा हतियार उपलब्ध गराउनुभएको थियो।’
साथै, विगतमा सुकीले चुनाव जितेर सरकारी निमन्त्रणामा नेपाल भ्रमणमा आउँदा आफूहरूले उनलाई भव्य स्वागत गरेको स्मरण गर्दै निधिले सुकीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।



प्रतिक्रिया