काठमाडौं, असार १६ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेको छ । घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, उपभोक्ताको भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २०६० रुपैयाँमा खरिद गर्न पाउनेछन्। हवाई इन्धन (आन्तरिक) तर्फ पनि प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ ।



प्रतिक्रिया