काठमाडौँ, १७ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २७० कायम भएको छ ।
हिजो मङ्गलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया