स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया कँहा पुग्यो ?


काठमाडौँ । विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकिएको छ।

मङ्गलबार र बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरण आज सकिएको अब अल्पसूची सार्वजनिक गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन भएको अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि मन्त्रालयले गत आइतबार उम्मेदवारहरूको वर्णानुक्रम अनुसारको सूची सार्वजनिक गरेको थियो।

सार्वजनिक गरिएको सूची अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका प्रस्तुतीकरण भएको थियो।