काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । शाहले शुक्रबार देशभरीका विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् । जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरिएको छ ।
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापा त्रिविको उपकुलपतिमा नियुक्त भएका हुन् ।
त्यस्तै प्रधानमन्त्री शाहले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरेका छन् ।
त्यस्तै पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिको सर्टलिस्टमा परेका तीनरतीन जना मध्ये एक जनालाई कुलपति शाहले उपकुलपति नियुक्त गरेका हुन्।



प्रतिक्रिया