दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारेर कँहा राखियो ?


काठमाडौँ । पुर्पक्षका लागी थुनामा रहेका व्यवसायी दीपक भट्ट र नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई कारागार कार्यालय डिल्लीबजारबाट सारिएको छ।

कारागार व्यवस्थापन विभागले शुक्रबार दुवै जनालाई डिल्लीबजारबाट स्थानान्तरण गरेर भट्टलाई कारागार कार्यालय नख्खुमा र अधिकारीलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको विभागका एक अधिकृतले बताए।

दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा विशेष अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो । अधिकारी भ्रष्टाचार मुद्दामा थुनामा छन्।