कानुनमन्त्री गौतमका सय दिनमा केके भयाे उपलब्धि ? (सूचीसहित)


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफू मन्त्री बनेपछिका कार्यविवरण सार्वजनिक गरेकी छिन् ।

चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत शुक्रबार सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक विरण अनुसार नयाँ कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएका १० वटा विधेयक रहेका छन् भने तर्जुमा सहमति दिइएका १४ विधेयक रहेका छन् ।

तर्जुमाका लागि सहमति दिइएका ८ वटा अध्यादेश, २४ नियमावली, ९ वटा गठन आदेश लगायतका कार्य उनले आफ्नो कार्यसूचीमा सार्वजनिक गरेकी छिन् ।