काठमाडौं, असार २० । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्राथमिकतामा राखेपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न चालिएका कदम पर्याप्त नभएको बताएका छन् ।
प्राइम टाइम्स टेलिभजनको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा बोल्दै उनले गत चैत १३ गते गठन भएको वर्तमान सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता, नागरिकमैत्री प्रशासन निर्माणमा जोड दिएपनि भ्रष्टाचारीलाई कारबाहीका लागि चालिएका कदम परिणाम दिनेगरी पर्याप्त नरहेको बताए ।
उनले भने, “शनिबार सरकार गठन भएको एक सय दिन पुरा भएको छ । हामीले जनताको चाहाना अनुसार काम गर्ने प्रधानमन्त्री भनेपनि लाखौ युवाहरुको आशा र चाहनालाई न्याय मिल्नेगरी भ्रष्ट्राचार काण्डका फाईल खोल्न सक्नु पथ्र्यो । तर, सरकारको एक सय दिनमा भएका प्रगती हेर्दा त्यो भएको देखिदैन् । प्रधानमन्त्रीले एक सय दिनमा गरेका कामहरुको जनताले मूल्याङ्कन गरिरहेकाले सरकारले सार्वजनिक गरेका एक सय वाचालाई परिणाम दिनेगरी काम गर्नुप¥यो ।”
सरकारले प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, विकास आयोजनाको कार्यान्वयनमा तीव्रता तथा सार्वजनिक निकायमा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न नीतिगत र संरचनागत सुधारहरू अघि बढाइएपनि नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धतालाई भुल्न नहुने बताए ।
सरकारले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, पूँजीगत खर्च वृद्धि तथा महँगी नियन्त्रणका क्षेत्रमा अपेक्षित उपलब्धि हासिलतर्फ जोड दिनुपर्ने उनको भनाई छ । वर्तमान सरकारले जनतामा आशा जगाउन तत्काल तीन वटा सुधारका कार्य अघि बढाउन आवश्यक रहेकोमा जोड दिदै उनले जनतालाई सुशासनको प्रत्याभूती दिनुपर्ने, भ्रष्ट्राचारको अन्त्य गर्नुपर्ने र आर्थिक विकासमा सरकार लाग्नुपर्ने बताए ।
वर्तमान सरकारले जनतामा आशा जगाउन तत्काल तीन वटा सुधारका कार्य अघि बढाउन आवश्यक रहेकोमा जोड दिदै उनले जनतालाई सुशासनको प्रत्याभूती दिनुपर्ने, भ्रष्ट्राचारको अन्त्य गर्नुपर्ने र आर्थिक विकासमा सरकार लाग्नुपर्ने बताए । पुराना राजनीतिक दलले पछिल्लो ३५ वर्षमा व्याप्त भ्रष्ट्राचार गरेकै कारण भदौ २३ को जेन्जी आन्दोलनको जन्म भएको बताउँदै उनले अव पुराना राजनीतिक दलका शिर्ष नेता, पूर्व प्रधानमन्त्रीले धेरै बोल्न नहुने जनाए ।
उनले भने, “पुरानै व्यवस्था अनुसार देशको विकास सम्भव छैन् । देश विकासका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलले विरोध गर्न छोडेर आफ्नो शैली परिवर्तन गर्नुपर्छ । आलोचना, गालीगलौच र आरोप पत्यारोपले मात्रै अव समस्याको समाधान हुन सक्दैन् । सरकारले गल्ति, कमजोरी गरेको छ भने सकारात्मक रुपमा टेबलमा बसेर समस्यको समाधानतर्फ लागौ । वार्ताबाटै समस्याको समाधान खोज्ने हो । अव गाली गरेर, नबोलेर, भेटै नगरेर, एकले अर्कालाई खुइल्याएर समस्याको समाधान हुँदैन् । पूराना राजनीतिक दलका शिर्ष नेताहरु, पूर्वप्रधानमन्त्रीहरुले धेरै बोल्ने होइन् । अहिलेको सरकारले काम गर्न दिने हो । सुझाव दिने हो । वालेन्द्र शाह नेतृत्वको सरकारको काम हेर्ने हो, गतिविधि हेर्ने हो । उहाँले गरेका राम्रा कामको खुलेर प्रशंसा गर्ने हो । राष्ट्रिय सहमती कायम गर्ने हो ।”



प्रतिक्रिया