काठमाडौं, असार २१ । नेपाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा आज छलफल गर्ने भएको छ । कांग्रेसको संसदीय मामिला सहजीकरण संयन्त्रले गर्न लागेको छलफलमा राजनीतिका विज्ञ रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थ विज्ञ डा. सुदन कुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली र वैदेशिक सम्बन्धका विज्ञ सौरभ राज पन्त सहभागी हुने कांग्रेसले जनाएको छ । उक्त कार्यक्रम अहिले बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।



प्रतिक्रिया