एमालेले बोलायो असार २५ मा सचिवालय बैठक

File

काठमाडौं । आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनको किचलोका बीच सत्ता साझेदार प्रमुख घटक नेकपा एमालेभित्रको साङ्गठनिक सरगर्मी पुनः बढेको छ । शीर्ष तहमा देखिएका मतभेद र नीतिगत अन्योल चिर्न एमालेले आगामी असार २५ गतेका लागि केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ ।
पार्टीका एक प्रभावशाली पदाधिकारीका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको पनि बैठकमा समीक्षा गरिनेछ । विगत केही समयदेखि महाधिवेशनपछिको साङ्गठनिक स्वरूप र नेताहरूको कार्यविभाजनलाई लिएर पार्टीभित्र आन्तरिक बहस चलिरहेका बेला तय भएको यो बैठकलाई एमाले वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।