धनकुटा, महालक्ष्मी नगरपालिका-६ माङमायाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७५ किलो ५ सय ७० ग्राम सहित सोही नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई जाँच गर्दा २२ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया