काठमाडौं, असार २२ । पूर्वउपसभामुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर भारतको हैदरावाद प्रस्थान गरेकी छिन् । उनी भारतको तेलांगाना सरकारले आयोजना गरेको ग्रिन ग्रोथ इकोनोमिक समिटमा सहभागी हुन आज विहान नयाँ दिल्ली हुँदै हैदरावाद प्रस्थान गरेकी हुन् ।
दुई दिनसम्म चल्ने ग्रिन ग्रोथ इकोनोमिक समिट नोभोटेल हैदराबाद कन्भेन्सन सेन्टरमा हुँदैछ । सम्मेलनमा विभिन्न मुलुकबाट कूटनीतिज्ञहरू, निर्वाचित प्रतिनिधिहरू, उच्च सरकारी अधिकारीहरू, अग्रणी उद्योगीहरु, लगानीकर्ताहरू, नवप्रवर्तकहरू, शिक्षाविद्हरू र नीति निर्माताहरू सहभागी हुँदैछन् ।



प्रतिक्रिया