शुक्लागण्डकीका किसानलाई ८२ लाखको कृषि उपकरण


डुम्रे (तनहुँ), २३ असार । शुक्लागण्डकी नगरपालिकाले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि उपकरण वितरण गरेको छ ।

प्रदेश सरकारबाट उपलब्ध विशेष अनुदानअन्तर्गत नगरपालिकाको ५० प्रतिशत अनुदानमा रु ८२ लाखको कृषि उपकरण कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको हो ।

कृषकको मागअनुसार कृषि यान्त्रिकीकरणका निम्ति आवश्यक कृषक र कृषि उद्यमीलाई समेट्ने गरी खरिद गरी कूल १४० वटा विभिन्न प्रकारका आधुनिक कृषि उपकरण हस्तान्तरण गरिएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।