दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन भदौ ११ गते राति बजेदेखि अन्त्यको सिफारिस गरेको हो ।
बैठकले प्रदेशको संगठन तथा व्यवस्थापन सर्वेक्षणको अवधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामजीप्रसाद घिमिरेले बताए । मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
सरकारी सेवा प्रवाह चुस्त, प्रभावकारी र जनमुखी बनाउनेतर्फ क्रियाशील हुन उनले मन्त्रीहरूलाई निर्देशन दिएको प्रवक्ता घिमिरेले बताए।




प्रतिक्रिया