सर्लाहीका किसानलाई अनुदानमा कृषियन्त्र वितरण


बरहथवा (सर्लाही), २३ असार । बागमती नगरपालिकाले ३८६ किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत ८३ थान मकै रोप्ने मेसिन र ३०३ थान औषधि छिट्ने (स्प्रे) कृषकलाई वितरण गरिएको हो ।

किसानका मागअनुसार नगरले ५० प्रतिशत अनुदानमा उक्त उपकरण वितरण गरेको नगरका कृषि शाखा प्रमुख अवधेश झाले जानकारी दिए । ‘‘राष्ट्रिय कृषि आधुनिकीकारण परियोजनाले यस क्षेत्रलाई मकै सुपर जोन घोषणा गरेको छ’’, प्रमुख झाले भने, ‘‘किसानले निकै समयदेखि उक्त उपकरण माग गरिरहनुभएको थियो । सोहीअनुसार रु चार हजार ९४५ मा मकै रोप्ने मेसिन र रु एक हजार ९१० मा औषधि छिट्ने मेसिन वितरण गरिएको हो ।’’

नगरको नौ लाख ८५ हजार १६५ लागतमा उपकरण वितरण गरिएपछि किसान उत्साहित भएका छन् ।