सरकारमा जोश–जाँगर देखियो, अनुभव र विज्ञतामा कमीः घिसिङ


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारमा जोश–जाँगर देखिए पनि परिपक्वता र विज्ञताको कमी रहेको बताएका छन्।

वर्तमान सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको सन्दर्भमा समीक्षा गर्दै घिसिङले सरकारको नीति तथा कार्यशैलीमाथि यस्तो टिप्पणी गरेका हुन्।

‘सरकारको १०० दिनको गतिविधि र कार्यशैली हेर्दा काम गर्ने जोश–जाँगर र इच्छाशक्ति बलियो देखिएको छ,’ घिसिङले भने, ‘तर, निर्णय प्रक्रिया र कामको रफ्तार हेर्दा अनुभव, परिपक्वता र विज्ञतामा भने केही कमी कमजोरी महसुस भएको छ।’

घिसिङले राखेको यो धारणालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।