काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आज(बिहीबार) मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । उनलाई उपचारका निम्ति वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
सडक छेउमा रोकेर राखेको उनको बाइकमा काठमाडौं महानगरपालिका महानगर प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले ह्वील लक गरेपछि आवेगमा आएर उनले त्यस्तो बदम चालेको बुझिएको छ । प्रहरीले यसबारे आवश्यक अनुसन्धान अघि बढाइसकेको जनाएको छ ।
यसबारे महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीसँग बुझ्दा उनले बाइकमा बिहान साढे ११ बजे नै ह्वील लक लागेको बताए ।
आफूहरूले नियमित काम गरेको बताउँदै उनले ह्वील लक लागेपछि पनि बाइक २ घण्टाजति सडकमै बसेको बताए । ‘नियमित रूपमा कानुनको पालना गर्ने/गराउने शिलशिलामा यस्तो अप्रिय घटना हुन पुग्यो । यसमा हामीलाई पनि दु:ख लागेको छ । यसको कारक तत्व हामी होइनौं,’ उनले भने ।



प्रतिक्रिया