आत्मदाहको प्रयास गरेका नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी, उपचार खर्च सरकारले बेहोर्ने


काठमाडौं, असार २५ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेको गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी अघि बढेको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको ६५ देखि ७० प्रतिशत शरिर जलेकाले विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने भइरहेको हो ।​

बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू भर्खरै वीर अस्पताल पुगेका छन् । उनले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।

चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै नेपालीलाई सम्पूर्ण उपचार खर्च सरकारले नै गर्नेगरी तत्काल भारत लैजानेबारे छलफल भइरहेको छ । यसका लागि आवश्यक सबै व्यवस्थापकीय र प्राविधिक पक्षको अन्तिम तयारी भइरहेको जनाइएको छ ।

प्रारम्भिक जानकारीअनुसार त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बसोबास गर्दै आएका २५ वर्षीय गणेश नेपालीले शरिरमा पेट्रोल खन्याई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । लगत्तै उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो ।

प्रारम्भिक विवरणअनुसार सडक किनारामा पार्किङ गरिएको मोटरसाइकलमा ट्राफिक प्रहरीले ह्विल लक लगाएपछि सामान्य विवाद भएको र त्यसपछि उक्त घटना भएको बुझिएको छ । घटनाबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको