काठमाडौँ । बिहिबार दिउँसो राहदानी विभाग अगाडि आत्मदाह गरेर मृत्युवरण गरेका मुगुका २५ वर्षीय युवक गणेश नेपालीको परिवार र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ ।
अहिले वीर अस्पतालमै नेपाली परिवार र सरकारी टोलीबीच वार्ता भइरहेको हो ।
मृतक गणेशका दाइ गणेश नेपाली हिजोदेखि नै अस्पतालमा छन् भने उनका बाबु र आमा पनि मुगुबाट शुक्रबार अपरान्ह काठमाडौँ आइपुगेका थिए ।
गणेशका एक आफन्तका अनुसार काठमाडौँ सिडिओ इश्वरराज पौडेलले परिवारलाई मिलापत्र गर्न दबाब दिएका छन् । गणेशका आमा र बुबालाई ऐअरपोर्टमै लिनका लागि पुगेका थिए । उनका अनसार ऐअरपोर्टबाट अस्पताल नलगि सिधै सिडिओ कार्यालयमा लगेर गणेशका दाजुसहितलाई छलफलमा राखेर मिलापत्र गर्न दबाब दिएको हो । यद्यपी मृतकको परिवारले अझै गणेशको शव बुझेका छैनन् ।
गणेशको शवलाई केहीबेरअघि परिवारको सहमतिविना नै अन्य स्थानमासमेत सारिएको छ । फोटो/भिडियो खिच्न सुरक्षाकर्मीले दिइएको छैन भने उनको शवलाई कँहा सारिएको हो त्यसबारे पनि जानकारी नगराइएको अस्पतालमै रहेका उनका एक आफन्तले बताए ।
यो घटनालाई लिए र आज सडकदेखि संसदसम्म सरकारविरोधी नारा लागिरहेको छ भने युवाहरूले प्रधानमन्त्री र गृहमन्त्रीकको राजीनामा माग्दै विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
यस विषयमा गृहमन्त्री सुधन गुरुङले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रष्टीकरणसमेत दिए ।
उनले नेपालीलाई बचाउन अथक प्रयास गरेको जानकारी गराए ।
‘हामीले अथक प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ गुरुङले भने । उनले थपे, ‘हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’



प्रतिक्रिया