गणेशलाई बचाउन हामीले अथक प्रयास गर्याैँ : गृहमन्त्री


काठमाडौं । राहदानी विभाग अगााडि आत्मदाह गरेर जयान गुमाएका मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् ।

जवाफका क्रममा उनले कसैको पीडालाई राजनीतिकरण नगर्न आग्रह गरे । उनले नेपालीलाई बचाउन अथक प्रयास गरेकोसमेत जानकारी गराए ।

‘हामीले अथक प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्‍यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ गुरुङले भने । उनले थपे, ‘हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’