काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पारिवारिक विवाद बढेपछि ४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएका हुन् ।
घाइते अवस्थामा फेला परेका उनको उद्धार गरेर वीर अस्पताल पु¥याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया