गणेश नेपाली आत्मदाह प्रकरण : न्याय नदिए विद्यार्थी आन्दोलन अझ सशक्त बन्ने- संयोजक सत्यराज बोहरा


काठमाडौं, असार २७ । माइतीघर मण्डलामा संयुक्त विद्यार्थी आन्दोलनले सरकारका नीतिको विरोधमा प्रदर्शन गरिरहेका बेला गणेश नेपालीको दुःखद देहत्यागको घटनाले विद्यार्थी आन्दोलनलाई थप मर्माहत बनाएको छ।

यस घटनाप्रति दुःख व्यक्त गर्दै अखिल (क्रान्तिकारी) टास्क फोर्सका केन्द्रीय संयोजक सत्यराज बोहराले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले भने, “गणेश नेपालीको दुःखद देहत्यागले हामी सबैलाई स्तब्ध बनाएको छ। यस्तो पीडादायी घटनाले राज्य, समाज र सम्बन्धित निकायलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। विद्यार्थी आन्दोलन न्याय, समानता र जिम्मेवार शासनका पक्षमा निरन्तर अघि बढिरहनेछ। कुनै पनि युवाले निराशाको बाटो रोज्नुपर्ने अवस्था अन्त्य गर्न राज्यले ठोस पहल गर्नुपर्छ।”

बोहराले विद्यार्थी आन्दोलनलाई जिम्मेवार, शान्तिपूर्ण र जनउत्तरदायी ढंगले अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।