काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई आईसीयूमा राखेर उपचार गर्ने तयारी गरिएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो ।
चिकित्सिकका अनुसार उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए ।
व्यापार व्यवसाय धराशायी भएपछि निराश रहेका उनले घरमा कोही नभएको आत्महाद प्रयास गरेको बुझिएको छ ।



प्रतिक्रिया