काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए ।



प्रतिक्रिया