रामेछाप । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार निर्विरोध निर्वाचित भएकी छन् । सनिबार सम्पन्न भएकाे प्रतिष्ठानको जिल्ला अधिवेशनले सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा अर्जुन पूर्वेली, द्वितीय उपाध्यक्षमा पम्फा मगर र महिला उपाध्यक्षमा सम्झना गौतम छन् । त्यसैगरी सचिवमा अनिता कुमारी थापा मगर, सहसचिवमा प्रतिभा बोहोरा, कोषाध्यक्षमा विशाल के.सी. र सहकोषाध्यक्षमा हिरामाया बि.क. रहेका छन् ।
कार्यसमिति सदस्यमा गीता कार्की, सुसिला बुढाथोकी, सुबास कार्की, विक्रमकुमार श्रेष्ठ, मनिष राउत, धर्मेन्द्र सेन्चुरी, मिरा सेन्चुरी, नवराज खड्का, छत्रबहादुर नेपाली, दीपक लाखे, राजकुमार श्रेष्ठ, किशोर सेन्चुरी, भानुभक्त सेन्चुरी र रिर्चा अधिकारी निर्वाचित भएकी छन् ।
अध्यक्षमा निर्वाचित भएपछि सुनुवारले पद र सम्मानभन्दा जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । संस्थाको उद्देश्यअनुरूप लोक तथा दोहोरी गीत, मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै कलाकारको हकहितका लागि सक्रिय भएर काम गर्ने उनले बताइन् ।



प्रतिक्रिया