चोरी भएका ५१ वटा स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण


काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरेर धनीलाई हस्तान्तरण गरेको छ । सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले अनुसन्धानबाट फेला परेका दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

पछिल्लो १ महिनाको अवधिमा ५१ वटा दुईपांग्रे सवारी साधन फेला परेको एसएसपी काफ्लेले बताए ।

ट्राफिक प्रहरीले सो अवधिमा ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर खोजी गरेर फेला पारेको थियो ।