कान्तिपुर टीभीअगाडि पार्किङ गरिएको शंकास्पद कार बग्गीखाना लगियो


काठमाडौँ । कान्तिपुर टेलिभिजन कार्यालयको मुख्य गेटअगाडि पार्किङ गरी राखिएको एक शंकास्पद कारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बग्गीखाना पुर्‍याएको छ।

सोमबार बिहान कार्यालयको सवारी आवतजावत पूर्णरूपमा अवरुद्ध हुने गरी बागमती प्रदेश ०१-०३४ च ८४८० नम्बरको कार पार्किङ गरेर छाडिएको थियो। लामो समयसम्म सवारी धनी नआएपछि र कार्यालय प्रवेशमा समस्या भएपछि कान्तिपुर टीभी व्यवस्थापनले ट्राफिक प्रहरीलाई खबर गरेको थियो।

ट्राफिक प्रहरीको टोलीले क्रेनको सहयोगमा उक्त शंकास्पद कारलाई उठाएर बग्गीखाना लगेको छ भने सवारी धनीको खोजी भइरहेको जनाएको छ।