संसद्‌मा प्रधानमन्त्री शाहको ‘सरप्राइज’ उपस्थिति


काठमाडौँ । लामो समयसम्म संसद् बैठकमा अनुपस्थित भएको भन्दै तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् ।

संसद् र जनताप्रति प्रधानमन्त्री जवाफदेही नभएको भन्दै सांसदहरूले लगातार उनको उपस्थितिमाथि प्रश्न उठाउँदै आएका थिए । मंगलबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाह सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम भने थिएन ।

आफ्नो उपस्थितिलाई लिएर चौतर्फी आलोचना बढेपछि उनी अचानक संसद् भवन पुगेर बैठकमा सहभागी भएका हुन् । प्रधानमन्त्रीको यो आकस्मिक उपस्थितिलाई संसद्‌मा सांसदहरूले चासोका साथ हेरेका छन् । प्रधानमन्त्रीसँगै रास्वपा सभापति रवि लामिछाने पनि प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।