स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी ऐनको दफा २२ (३) बमोजिम नियुक्ति गर्नका लागि बुधबार पहिलो पटक सूचना प्रकाशन गरिएको छ ।

‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा ७ को उपदफा (१) बमोजिम यो दरखास्त माग गरिएको हो।

यो सम्बन्धी सम्पूर्ण विस्तृत सूचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइट www.mohp.gov.np र स्वास्थ्य बीमा बोर्डको वेबसाइट www.hib.gov.np मा उपलब्ध गराइएको छ।