काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन्। तीन दिने भ्रमणका लागि उनी बुधबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ लागेका हुन्।
प्रवासी नेपालीहरूद्वारा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुन उनी श्रीलंका प्रस्थान गरेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
यद्यपि, तीन दिने भ्रमणका क्रममा प्रचण्ड त्यहाँ कुनकुन विशिष्ट कार्यक्रममा सहभागि हुँदैछन् त्यसबारे सचिवालयले स्पष्ट खुलाएको छैन ।



प्रतिक्रिया