काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतलाई अविलम्ब विना सर्त रिहाइ गर्न माग गरेको छ । बुधबार बिहान धामीलगायत अनेरास्ववियुका ६ जना नेताहरूलाई प्रहरीले सिंहदरबार दक्षिण गेटमा प्रदर्शनका क्रममा पक्राउ गरेको थियो ।
युवा सङ्घले शान्तिपूर्ण आन्दोलनमा सहभागी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीलगायत विद्यार्थी नेतृत्वमाथि गरिएको गिरफ्तारीले सरकार जनताको आवाज सुन्ने क्षमता गुमाउँदै गएको र असहमतिलाई नै अपराधका रूपमा व्याख्या गर्ने मानसिकतामा पुगेको स्पष्ट देखाएको पनि बताएको छ ।
‘लोकतन्त्रमा सरकारको शक्ति नागरिकलाई मौन बनाउने अधिकारबाट होइन, नागरिकको विश्वासबाट प्राप्त हुन्छ । तर पछिल्ला दिनहरूमा राज्यका निकायहरूको व्यवहार हेर्दा सरकार आफ्नै नागरिकसँग संवाद गर्नुभन्दा शक्ति प्रदर्शनमार्फत भयको वातावरण निर्माण गर्न बढी केन्द्रित देखिन्छ’, युवा सङ्घका अध्यक्ष महाराज गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया