‘मानसिक स्वास्थ्य काउन्सिल’ स्थापना गर्न सरकारसँग माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले ‘मानसिक स्वास्थ्य काउन्सिल’ स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले देशमा पछिल्लो समय बढ्दै गएको आत्मदाह, डिप्रेसन, र मानसिक स्वास्थ्य समस्याहरूको समाधानका लागि तत्काल एक अधिकारसम्पन्न काउन्सिल स्थापना गर्न माग गरेका हुन् ।

‘डिप्रेसन, चिन्ता र आत्मदाहका घटनाले समाजलाई आक्रान्त बनाएको छ । तर हाम्रो मानसिक स्वास्थ्य सेवा अत्यन्तै सीमित, असमान र राजधानी केन्द्रित मात्रै छ। यसले गर्दा राज्यले चाहेर पनि नागरिकलाई प्रभावकारी सेवा दिन सकिरहेको छैन,’ उनले भने ।