काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति सच्चाइयोस् भनेर प्रश्न उठाउँदा मिडिया हाउस र नेताको घर अगाडि गाडी तेर्साएर सरकारले अभिनय गरेको रोप लगााएकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘सरकारले गाडी तेर्साएर अभिनय गर्छ, कारबाहीको नाटक सरकारले नै गर्छ । सरकार कलाकार नै पर्यो, कथा कहाँ लेखियो यो सामान्य छैन । आफै बोक्सी आफै झाँक्री ! नेपाली नागरिकको मनलाई मन मनसँग खेल्न सिपालु छ यो सरकार’, उनले भनिन् ।
पुर्खाले पानी पनि नखाइ पिठ्युमा बच्चा बोकेर बचाएको देशको भुमि बचाउन सबै लाग्नुपर्ने उनले बताइन् ।



प्रतिक्रिया