काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार बिहान मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
ेभेटमा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासमा पुर्याएको सहयोगको प्रशंसा गरेकी थिइन् । उनले अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख पनि गरिन् ।
मन्त्री यादवले सन् २०१५ मा सुरु भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भएको स्मरण गराउँदै नेपाली वस्तुका लागि अमेरिकी बजारमा पुनस् सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न अमेरिकी सरकारबाट सहयोग अपेक्षा पनि व्यक्त गरेकी थिइन् ।
व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री यादवले जोड दिएकी थिइन् ।
साथै नेपाल सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाउँदै लगेको उल्लेख गर्दै मन्त्री यादवले सम्भावनायुक्त क्षेत्रमा थप अमेरिकी लगानी भिर्त्याउन सरकार इच्छुक रहेको जानकारी गराएकी थिइन् । विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीका लागि उनले आग्रह गरेकी थिइन् ।
हाल संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको उल्लेख गर्दै उनले नेपालबाट ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनालगायतका वस्तु निर्यात हुँदै आएको जानकारी गराइन् । तर द्विपक्षीय व्यापारमा नेपालले व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गर्दै उनले प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारी सुदृढ बनाएर उक्त खाडल कम गर्न सकिने धारणा राखेकी थिइन् ।
मन्त्री यादवले उठाएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रवर्द्धन तथा व्यापारिक संवादलाई पुनस् सक्रिय बनाउनेलगायतका विषयमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ ।
उनले नेपालले उठाएका विषयमा अमेरिकी सरकार सकारात्मक रहेको र व्यापार, लगानी तथा आर्थिक सहकार्यका क्षेत्रमा आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गरेको मन्त्री यादवले सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख छ ।



प्रतिक्रिया