काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक प्रारम्भ भएको हो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक कार्यसूची, मुलुकको समसामयिक राजनीतिक परिस्थिति एवं प्रशासनिक विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
बैठकले प्रशासनिक कार्यसम्पादन चुस्त बनाउने तथा जनसरोकारका विविध एजेन्डामाथि आवश्यक निर्णय लिन सक्ने सचिवालयले जनाएको छ ।



प्रतिक्रिया