काठमाडौँ । बर्डफ्लु संक्रमणका कारण झन्डै एक महिनादेखि बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ ।
काग, गिद्ध, हाँसलगायत पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि गत असार ५ गतेदेखि चिडियाखाना पूर्णरूपमा बन्द गरिएको थियो । संक्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, आवश्यक व्यवस्थापन तथा सरसफाइ सकिएपछि वातावरणीय नमुना परीक्षण गर्दा भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो ।
बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले चिडियाखाना खुला गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया