हङकङको बाथरुममै लडे शेरबहादुर देउवा, कस्तो छ अवस्था ?


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाथरुममा लडेका छन् । हङकङमा रहेका देउवा केही दिनअघि बाथरुममा लड्दा दायाँ हात भाँच्चिएको देउवानिकट स्रोतले बतायो ।

स्रोतका अनुसार हाल देउवाको अवस्था सामान्य रहेको छ । उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि पत्नी डा. आरजु राणा देउवासहित हङकङ गएका थिए ।