काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको लडेर हात भाँचिएको भन्ने समाचारप्रति सचिवालयले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले‘‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ। सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’
सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न अनुरोध गरेको छ।
सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार साझा गर्नुअघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न समेत आग्रह गरिएको छ।
‘सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया