सांसदका स्वकीयको तलब वृद्धि गर्ने, फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने


काठमाडौँ । अर्थमन्त्री डा‍ स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउन सरकार सकारात्मक रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार बसेको बैठकमा बोल्दै उनले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले भने,‘अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौँ । यो जुन फिल्ड भिजिटहरू हुँदाखेरिको भत्ता जस्ता कुराहरू छन्, त्यसलाई विधि पुर्याएर समयानुकुल बनाउनमा हामी नकारात्मक छैनौँ ।’