काठमाडौं, साउन ३ । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ। गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन्। आफूले भनेको केटीसँग बिवाह गर्न नपाएको विरोधमा उनी ८० मिटरअग्लो टावरको टुप्पोमा पुगेका थिए।




प्रतिक्रिया