काठमाडौं, साउन ३ । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदी दुवैको मूल्य बढेको छ। आज सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले उकालो लागेको छ।शुक्रबार प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको हो।
आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार २०० रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।




प्रतिक्रिया