बौद्ध गेटअगाडि आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो


काठमाडौं, साउन ५ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन्। बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ।

काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया उनले सोमबार बेलुकी पौने ४ बजे आफ्नो शरीरमा आगो लगाएकी हुन्। घाइते गुरुङको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए।

घटनालगत्तै उनको उद्धार गरी गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। तर, उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि तत्काल कीर्तिपुरस्थित बर्निङ अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।