बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान


काठमाडौं, साउन ५ । नेपाली कांग्रेसले बीपी स्मृति दिवसको दिन साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ । कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रिन रन’ प्रतियोगितामा सहभागी हुन आम नागरिकलाई निमन्त्रणा गरेका हुन् । जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन् ।

सार्वजनिक सन्देशमा सभापति थापाले लेखेका छन्, ‘यही श्रावण ६ गते बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रन हुँदैछ। म पनि दौडँदै छु, तपाईँलाई पनि दौडनका लागि निम्तो छ। आउनुस् सँगै दौडौँ, जलवायु जनचेतना जगाउने अभियानमा सहभागी बनौँ,’ थापाले भिडियो सन्देशमा भनेका छन् । ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना हुने थापाले उल्लेख गरेका छन् ।