काठमाडौं, साउन ६ । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) का ६ जना मन्त्रीहरूले आज राजीनामा बुझाउने भएका छन् । एमाले मन्त्रीहरूले अहिले बिहान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेका हुन् ।
गत ३२ असारमा मन्त्रिपरिषद् बैठक सकेर काठमाडौं फर्किएका सबै मन्त्रीहरू ५ दिनपछि मङ्गलवार राति हेटौँडा फर्किएका छन् । मन्त्रीहरूलाई ३२ असार र २ साउनमा गरेर २ पटकसम्म राजीनामा दिन लगाएर पार्टी नेतृत्वले रोक्दै आएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ५ साउन मङ्गलवार प्रदेशहरूमा सत्ता सहर्काय बारे छलफल भएपछि एमाले मन्त्रीहरूलाई राजीनामा दिन लागेका हुन् ।
सरकारमा एमालेबाट नेतृत्व गर्दै कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने गरि मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने गरी मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने गरि मन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।




प्रतिक्रिया