काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो।
महासङ्घले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि केही वृद्धि आएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको छ, जुन बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव कायमै छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १२० दशमलव ८८ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५९ दशमलव ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।




प्रतिक्रिया