काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केसीलाई आफ्ना मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सिधै गएर सुझाव दिनसक्ने बताएकी छन् ।
उनले लेखेकी छन् ,‘सर तपाई जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईकै हो, तपाई सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाब दिन सक्नुहुन्छ।’
विगतका सरकार शोषक र शासक देखिए पनि अहिलेको सरकार सेवक सरकार र जनताको सरकार हो भनी उले भनेकी छन् । ‘विगतका सरकारमा तपाईले पटक पटक शोषक र शाषक देख्नुभयोहोला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो,’ उनले लेखेकी छन् ।
डा. केसीको जायज मागहरुमा सहकार्य गर्दै सँगै अगााडि बढ्ने बताउँदै उनले अनसन तोडन् आग्रहसमेत गरेकी छन् । ‘भयो सर, अनसन छोडिदिनुस, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईका जायज मागहरुमा हामी तपाई सँगै सहकार्य गर्दै अघि बढ्नेछौँ,’ उनले भनेकी छन् ।
डा. केसी बिहीबारबाट धनगढीमा अनसन बसेका छन् ।




प्रतिक्रिया