काठमाडौं, साउन ९ । मुगुको मुगम कार्मारोङ गाउँपालिका वडा नं५ पुलु बजारमा शुक्रबार बिहान पहिरो जाँदा एक बालकको मृत्यु भएको छ।भने उनका आमाबुबा घाइते भएका छन्। पहिरोका कारण पुलु बजारका अन्य ८ वटा घरहरू समेत उच्च जोखिममा परेका छन्।
प्रहरीका अनुसार साउन ९ गते बिहान करिब ४:०० बजेको समयमा बजारमाथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो। पहिरो ले स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरेको छ जानकारी गराउनु भयो सोही घरमा भाडामा लिई होटल व्यवसाय गर्दै आएका छायाँनाथ रारा नगरपालिका वडा नं.१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल की २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए।
पहिरोमा च्यापिएका ३ वर्षीय बालक रमेश बडुवाल लाई उद्धार गरी उपचारका लागि बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याइएको थियो। मध्यम अवस्थामा अस्पताल पुर्याइएका बालकलाई बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।




प्रतिक्रिया