स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त


काठमाडौँ, १४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराइन्  ।

उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।