हेटौँडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बसेको बैठकले दलको नेता परिवर्तन नगर्ने सहमति भएको हो ।
दलभित्र नेतृत्व परिवर्तनको तीव्र दबाबका बिच अन्तिम समयमा शीर्ष नेतृत्वले थपलियामै सहमति गराएको हो ।
गत साउन ९ गते एमाले र नेकपाबिच बागमती सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि दल नेताको विषय विवादित बन्दै आएको थियो । दलको नेता टुङ्गिए पनि बागमती सरकारको नेतृत्व विषयमा भने छलफल नभएको एक नेताले बताए ।




प्रतिक्रिया